logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • संघीयता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित भयोः आयुक्त थपलिया

    संघीयता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित भयोः आयुक्त थपलिया

    5.4K
    Shares
    संघीयता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित भयोः आयुक्त थपलिया

    काठमाडौं । निर्वाचन आयोग, नेपालका प्रमख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीयता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित भएको दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजत विभिन्न पर्यवेक्षण संस्थाहरुले बुझाएको स्थानीय तह निर्वाचनको प्रतिवेदनमाथि समीक्षा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन् ।

    उनले आगामी स्थानीय तहको निर्वाचन तोकिएको समयमै गर्नुपर्ने स्पष्टता पनि स्थानीय तहको निर्वाचनले दिएको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनले स्थानीय तहमा महिलाको प्रतिनिधित्व र लैङ्गिक एवं समावेशिताको अभ्यास अब मजबुत भएको संकेत दिएको बताए । उनले सबै क्षेत्रमा लैङ्गिक समावेशिताको कुरा कानून संशोधन गरेर अझै बढाउने प्रक्रियामा रहेपनि गत स्थानीय तहको निर्वाचनले महिलाहरुको प्रतिनिधित्व र समावेशी सुनिश्चितता श्रृंखला स्पष्ट बनेको बताए । उनले स्थानीय तहको निर्वाचनले पम्प्लेट, ब्यानर नभइ जनताको मन जित्नुपर्छ भन्ने धारणा स्थापित गर्नु अर्को सफलता भएको बताए ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रदेशको मुख्यमन्त्री बन्न पाए हुन्थ्यो भन्नेहरु पनि राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा सहभागी हुनुले स्थानीय तहप्रतिको, निर्वाचनप्रतिको आकर्षणलाई पनि वृद्धि गरेको अनुभुति भएको बताए ।

    उनले भने, ‘अब आउँदो २०८४ सालको वैशाखमा निर्वाचन गर्दा संविधानको धारा २२५ को व्यवस्थाले अब निर्वाचन आयोग र तपाई हामीलाई तर्साउँदैन । अब हामी स्पष्ट रुपमा ५ वर्ष अवधि पुग्नुभन्दा अगावै त्यसको सेरोफेरोमा निर्वाचन गर्छौं भन्ने स्पष्टता यसले कायम गरेको छ । संघीयता कार्यान्वयनको यो निर्वाचन फेरि एउटा कोशेढुंगा साबित भएको छ । यसले संघीयता कार्यान्वयनमा थप योगदान दिएको छ । स्थानीय तहमा महिलाको प्रतिनिधित्व र लैङ्गिक एवं समावेशिताको अभ्यास अब मजबुत भएको छ । अब घट्दैन । हामी कानून संशोधन गरेर अझै बढाउने प्रक्रियामा छौँ । यही कानून रहेपनि अब यही अवस्थामा महिलाहरुको प्रतिनिधित्व र समावेशी सुनिश्चितता श्रृंखला तोकेको छ । स्थानीय तहमा सहभागिता उत्साहजनक छ । निर्वाचन सुशासनको कुरा अब उठान हुनुपर्छ । निर्वाचनमा पम्प्लेट, ब्यानर नभइ जनताको मन जित्नुपर्छ भन्ने धारणा जबर्जस्त रुपमा भएपनि स्थापित भएको छ हामीले ल्याएका केही प्रावधानका कारण । मौका परे प्रदेशको मुख्यमन्त्री बन्न पाए हुन्थ्यो भन्नेहरु पनि राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा सहभागी भएका छन्, यसले स्थानीय तहप्रतिको, निर्वाचनप्रतिको आकर्षणलाई पनि वृद्धि गरेको छ ।’

    प्रमुख निर्वाचन आयुक्त थपलियाले पर्यवेक्षण संस्थाहरुले निर्वाचन आयोगलाई दिएको प्रतिवेदन अस्पष्ट रहेको बताए । उनले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखको एउटा मतपत्र, वडा अध्यक्ष र सदस्यहरुको अर्को मतपत्र हुने व्यवस्था गर्न लागेको बताए । उनले आगामी निर्वाचनमा प्रमुख र उपप्रमुखको मत गणना केन्द्रमा अर्थात् निर्वाचन अधिकृतको कार्यालयमा, बाँकी मतपत्र वडामै गन्ने र वडाबाटै नतिजा प्रकाशन गर्ने गरेर हामीले कानूनको तयारी गरिरहेको पनि बताए ।

    उनले भने, ‘प्रतिवेदनमा मतदान स्थल पायक परेन भन्ने छ । हामीसँग मतदान केन्द्र र स्थल २१ हजार ९५५ वटा छन् । मतदान गर्ने ठाउँहरुमा विश्रामस्थलहरु भएनन् भन्ने कुरा छ । अमूर्त, अस्पष्ट भाषामा प्रतिवेदन आएको छ । मतपत्र मतदातामैत्री भएनन् भन्ने छ । अबको निर्वाचनमा प्रमुख र उपप्रमुखको एउटा मतपत्र, वडा अध्यक्ष र सदस्यहरुको अर्को मतपत्र, प्रमुख र उपप्रमुखको मत गणना केन्द्रमा अर्थात् निर्वाचन अधिकृतको कार्यालयमा, बाँकी मतपत्र वडामै गन्ने र वडाबाटै नतिजा प्रकाशन गर्ने गरेर हामीले कानूनको तयारी गर्दैछौँ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend