logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकी प्रोग्राम एसपीपी पत्र किन नपठाएको भन्दै प्रधानमन्त्री देउवासँग जवाफ माग

    अमेरिकी प्रोग्राम एसपीपी पत्र किन नपठाएको भन्दै प्रधानमन्त्री देउवासँग जवाफ माग

    6.4K
    Shares
    अमेरिकी प्रोग्राम एसपीपी पत्र किन नपठाएको भन्दै प्रधानमन्त्री देउवासँग जवाफ माग

    काठमाडौं । सांसद डा. विमला राई पौड्यालले अमेरिकी प्रोग्राम एसपीपी पत्र किन नपठाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ माग गरेकी छन् । उनले सरकारले स्टेट पार्टनरसिप प्रोग्राममा भाग नलिने निर्णय गरेपनि अमेरिकालाई पत्र अहिलेसम्म नपठाएको भन्दै प्रश्न गरिन् ।

    सांसद राईले ढल्न लागेको सरकार त्यो पनि भूकम्पले आक्रान्त भएको बेला सहयोग हुने आशाले गरिएको सहमति छलफल बिना राजनीतिक नेतृत्व बेखबर बनाएर सहमति हुनु डर लाग्दो कुरा भएको बताइन् ।

    उनले भनिन्,‘ अहिलको अवस्थामा प्रधानमन्त्री प्रधानमन्त्री मात्रै नभएर रक्षा र अर्थ मन्त्री पनि हो । स्टेट पार्टनरसिप प्रोग्राम जसरी आयो त्यसरी सेलायो । सरकारले स्टेट पार्नरसिप प्रोग्राममा जाँदैनौ भनेर निर्णय गरेको छ । त्यो स्वागतयोग्य छ । मन्त्रीपरिषद् पत्र लेख्ने भनेको हो तर लेखेको छैन । पत्र कहिले लेखिन्छ किन ढिला भएको प्रश्न सोध्न मन छ । यसले हामीलाई दुईचार वटा सिकाइहरु सिकाएको छ । यो स्टेट पार्नरसिप प्रोग्राममा भएको सैद्धान्तिक सहमति सरकार परिर्वतन हुन लागेको सरकारसँग भएको त्यो सरकार १५ दिनमा गएको थियो । त्यो बेला भूकम्पले देश आक्रान्त भएको र सहयोग हुने आशाले सैद्धान्तिक सहमति भएको पाइन्छ । त्यसपछि बनेको सरकारसँग छलफल नगरी पहिलाकै सरकारसँग भएको सहमतिको मिति राखेर नेपाली सेनाले उत्तर दिएको देखिन्छ । यसमा राजनीतिक नेतृत्व बेखबर भएको देखिन्छ त्यो डरलाग्दो कुरा हो । यस्तो चर्चा हुँदा पनि परराष्ट्र मन्त्रालय बेखबर छ ।’

    सांसद राईले अर्थमन्त्री नहटेसम्म सचिव मन्त्रालय नआउने भनेर बिदामा बस्ने र मन्त्री हटेपछि मन्त्रालय आउने र मन्त्रालयमा सिसिटिभी फुटेज नराख्ने छानबिन समितिसँग बोल्न डराउने कर्मचारीलाई के कारबाही भयो प्रधानमन्त्रीले अर्थमन्त्रीको हैसियतमा संसदमा जवाफ दिनुपर्ने बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend