logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारले चियाको बारेमा ध्यान दिन सकेन, बेवास्ता गर्योः झलनाथ खनाल

    सरकारले चियाको बारेमा ध्यान दिन सकेन, बेवास्ता गर्योः झलनाथ खनाल

    5K
    Shares
    सरकारले चियाको बारेमा ध्यान दिन सकेन, बेवास्ता गर्योः झलनाथ खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताएका हुन् ।

    उनले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे । सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुरेको बताए । उनले तत्काल चियाका अक्शन सेन्टर खोल्नुपर्ने बताए ।

    सांसद खनालले संगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिने उल्लेख गर्दै चिया उत्पादकलाई उचित मूल्य दिने र संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुने चेतावनी दिए । उनले चियाको बारेमा सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘इलाममा चिया उत्पादन बिस्तार हुँदै गएको छ, देशमा पनि चिया फैलिँदै गएको छ, त्यो तिर सरकारले बिल्कुलै बेवास्ता गरिरहेको छ । यस वर्षको नीति, कार्यक्रम आउँदा प्रधानमन्त्रीको ध्यान त्यसमा जाला कि भन्ने अपेक्षा गरेको थिएँ । तर प्रधानमन्त्रीले अघि सारेको नीति कार्यक्रम सम्माननीय राष्ट्रपतिको मुखबाट आयो तर चियाको बारेमा कतै उच्चारण हुन सकेन । तर अर्थमन्त्रीबाट आउँदा पक्कै आउँछ होला, बजेटमा आउँछ होला, किनभने यो देशको कृषि उपजमा महत्वपूर्ण हो भन्ने थियो, तर उहाँको बजेटमा पनि कतै चियाको चर्चा हुन पाएन । हामी बिदाको बेलामा चिया पिउन जुन बेलामा पनि जान्छौँ तर चियाको बारेमा जुन ढंगले ध्यान आकर्षित हुनुपर्ने हो त्यो भएन । विश्वभर नै चिया अहिले महत्वपूर्ण पेयको रुपमा छ । खास गरेर हामी पानी त धेरै ठूलो मात्रामा पिउँछौँ । संसारमा सबैभन्दा बढी पिउने पेय पदार्थ चिया हो । हामी विकास त गर्दैछौँ तर दिनुपर्ने ध्यान दिन सकेका छैनौँ । राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुपर्ने स्थिति बनेको छ । सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिन्छ । तर हामीले अध्ययन गरेर योजना बनाउने काम गर्न सकेका छैनौँ । राज्यले बजार खोज्न भुमिका खेल्नुपर्छ । नत्र चिया उत्पादकहरुले चिया उखेलेर फाल्दैनन् भन्न सकिँदैन । उनीहरुले चियाको उचित मूल्य पाइरहेका छैनन् । चियाको चिनियाँ बजार पाउने हो भने धेरै फाइदा लिनसक्छ । चियाको अक्शन सेन्टर खोल्नुपर्छ । तत्काल खोल्नुप¥यो । रुलिङ गर्न आग्रह गर्दछु ।’

    सांसद खनालले सकरार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको बताए । उनले आर्थिक संकटतर्फ देश गइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले इलाममा चियाको संग्रहालय बनाउन पनि माग गरे । सांसद खनालले चियाको न्यूनतम मूल्य तोक्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend