logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मुलुकको राष्ट्रियतामाथि गम्भीर खतरा छः झलनाथ खनाल

    मुलुकको राष्ट्रियतामाथि गम्भीर खतरा छः झलनाथ खनाल

    6.3K
    Shares
    मुलुकको राष्ट्रियतामाथि गम्भीर खतरा छः झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि विभिन्न खतरा मडारिरहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    सांसद खनालले एसपीपी लिन्न भनेर मन्त्रीपरिषद्ले निर्णय गरिसकेपछि के कारणले पत्राचार गर्न रोकियो भन्दै प्रशन गरे उनले देशको क्याबिनेट भन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार छ ? भन्दै प्रश्नसमेत गरे । सांसद खनालले एसपीपीको बारेमा अमेकिरालाई पत्र तत्काल लेखेर जनताको भावनाको कदर गर्न आग्रह गरे ।

    उनले भने, ‘यतिबेला हाम्रो देशमा धेरै समस्याहरु गम्भीर बन्दै गएका छन् । मुलुकको राष्ट्रियताका सामु अनेकप्रकारका खतरा मडारिरहेका छन् । हामीले एसपीपी लिन्नौँ भनेर भनिसकेको छ । सदनबाट नै भनेको छ । मन्त्रीपरिषद्ले पनि निर्णय गरेको छ । यो एक महिनाभन्दा बढी भएसकेको छ । हामीले चाँडो भन्दा चाँडो यो पत्र लैख्छौँ र रोक्छौँ भनेर सरकारले भनेको हो । तर अहिलेसम्म पनि त्यो पत्र लेख्न नसकिनु भनेको के कारणले लेख्न सकिएको छैन ? यो हाम्रो देशको क्याबिनेट भन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार ? कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि अब फेरि पनि अरु कसैले रोक्न सक्छ यो देशमा ? के कारणले रोकिँदै छ ? यसलाई गम्भीरतापूर्वक लिएर चाँडो भन्दा चाँडो समाधान गरियोस् ।’

    सांसद खनालले नेपालमा अहिले धेरै समस्याहरु गम्भीर बन्दै गएकोले तत्काल समाधान गर्ने बाटोमा सरकार जानुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend