logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसपीपीबारे निर्णय सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

    एसपीपीबारे निर्णय सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

    4.7K
    Shares
    एसपीपीबारे निर्णय सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ र प्रतिपक्ष सांसदहरूले एसपीपीको अवस्थाका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपिपीबारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन् ।

    सभामुख सापकोटाले सांसदहरूले एसपिपीबारे उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

    उनले भने,‘ माननिय सदस्यहरुले उठाउनु भएको एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

    मन्त्रीपरिषद् बैठकले एसपिपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भएपनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन । सरकारले पत्र नपठाएको सम्बन्धमा सदनलाई जानकारी दिन बिहीवार सरकार र प्रतिपक्षका सांसदहरुले माग गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend