logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतबाट फर्किनेहरूमा कोरोना संक्रमण बढ्दो

    भारतबाट फर्किनेहरूमा कोरोना संक्रमण बढ्दो

    9.5K
    Shares
    भारतबाट फर्किनेहरूमा कोरोना संक्रमण बढ्दो

     

     

    नेपालगन्ज । पछिल्लो समय भारतबाट नेपालगन्ज नाका हुँदै घर फर्किने नेपालीहरूमा कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार साउन महिनाको पहिलो साता एक सय जनाको परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

     

    संक्रमण देखिएका व्यक्तिहरूलाई सीमा स्वास्थ्य परामर्श दिई घर पठाउने गरिएको छ । स्वास्थ्य कार्यालयले कोरोना भाइरसको संक्रमण देखिएयता सीमामा हेल्थ डेस्क राखेर परीक्षण गर्दै आएको छ ।

    त्यस्तै, असारमा ३ हजार ६ सय जनाको परीक्षण गर्दा ६० जना र जेष्ठ महिनामा ३ हजार ८ सयको परीक्षण गर्दा ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए ।

    ‘भारतबाट घर फर्किनेहरूमध्ये शंका लागेका दैनिक एक सय जनाको स्वास्थ्य परीक्षण गर्दा संक्रमण देखिन थालेको छ,’ उनले भने,‘अस्पताल भर्ना गरिएको छैन । उनीहरूलाई स्वास्थ्य परामर्श दिएर घर फिर्ता पठाउने गरेका छौँ ।’

    कोरोना भाइरस महामारी सुरु भएयता बाँकेमा १८ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ । ३६५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । एक लाख बढीको पीसीआर र डेढ लाखको एन्टीजोन परीक्षण गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend