शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

समाजवादी केन्द्र निर्माण गर्ने विषयमा पनि छलफल भैरहेको छ: अध्यक्ष प्रचण्ड

समाजवादी केन्द्र निर्माण गर्ने विषयमा पनि छलफल भैरहेको छ: अध्यक्ष प्रचण्ड

धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी नेपाल फुटिसकेको बताएका छन् । शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले जसपा फुटिसके पनि बाबुराम भट्टराईको नेतृत्वमा फुटको घोषणा हुन बाँकी रहेको बताए ।

उनले भने, ‘जसपाभित्र जे जति भएपनि दुवै पक्षसँग निरन्तर छलफल भइरहेको छ भने दुवै पक्ष त्यति नै नजिक छौँ ।’ उनले अघि थप्दै भने, ‘दुवै पक्ष यही गठबन्धनभित्र नै रहने कुरामा सकारात्मक छौं ।’

 

अध्यक्ष प्रचण्डले विचार मिल्ने पार्टी र त्यसको नेतृत्वसँग समाजवादी केन्द्र निर्माण गर्ने विषयमा पनि छलफल भैरहेको बताए । उनले भने, ‘जसपा अनौपचारिक रुपमा फुटिसकेको अवस्था छ, यस अवस्थामा बाबुरामजी, माधवकुमार नेपालजी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ, औपचारिक रुपमा कुनै टुंगोमा पुगिएको छैन, छिट्टै यस विषयमा निर्णय हुनेछ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend