अर्घाखाँची । अर्घाखाँचीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सितगंगा नगरपालिका वडा नं . १२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा मालारानी गाउँपालिका वडा नं. ४ मखता घर भई हाल रुपन्देही जिल्लाको बेलबासमा बसोबास गर्ने अन्दाजी २० वर्षीय विक्रम खनालको मृत्यु भएको हो ।
शनिबार दिउँसो ३ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका खनाललाई ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा खटिएको टोलीले सोही स्थानमा अचेत अवस्थामा फेलापारेको थियो ।
उपचारको लागि सामुदायिक अस्पताल ४ नम्बर कपिलबस्तु पठाइएकोमा खनालको उपचारको क्रममा साँझ ५ बजे सोही अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए ।