logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग

    संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग

    4.5K
    Shares
    संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग

     

    काठमाडौं । प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य पण्डितले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको प्रति असन्तुष्टि व्यक्त गरे ।

    उनले निर्वाचन नगरी गठबन्धन टिकाउनका लागि मिति घोषणा नगरिएको हो कि भन्ने आशंका व्यक्त गरे । उनले निर्वाचन मिति घोषणा गर्न माग गरे ।

    उनले भने– ‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ? गठबन्धनको गाँठागुँठी नमिलेर हो कि ? आशिर्वाद लिन गएको ठाउँबाट आशिर्वाद नपाएर हो कि ? या चुनाव नगराउने मनशायले गठबन्धन लामो समय टिकाउनको निम्ति हो कि जनता जान्न चाहन्छन् । मैले सरकार सँग माग गर्न चाहन्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend