logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोभिड–१९ सम्भावित अर्को लहरबाट देशको अर्थतन्त्र र जनसमुदायलाई बचाउन सरकारले ध्यान पर्याउनुपर्छ: डिला संग्रौला

    कोभिड–१९ सम्भावित अर्को लहरबाट देशको अर्थतन्त्र र जनसमुदायलाई बचाउन सरकारले ध्यान पर्याउनुपर्छ: डिला संग्रौला

    4.9K
    Shares
    कोभिड–१९ सम्भावित अर्को लहरबाट देशको अर्थतन्त्र र जनसमुदायलाई बचाउन सरकारले ध्यान पर्याउनुपर्छ: डिला संग्रौला

    काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले कोभिड–१९ को सम्भावित अर्को लहरबाट देशको अर्थतन्त्र र जनसमुदायलाई बचाउन सरकारले बेलैमा ध्यान पु¥याउनुपर्ने बताइन् । सको लागि प्रदेश र स्थानीय तहका सरकारका साथसाथै विभिन्न संघसंस्था र आम नागरिकलाई समेत परिचालन गर्नुपर्ने बताइन् ।

    उनले भनिन्– ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट सक्रिय संक्रमितहरुको संख्या देशभरी झन्डै ३ हजार पुग्न लागेको छ । कोरोनाले गरेको धनजनको क्षति बारे हामी सबै अवगत नै छौँ । कोभिडको अर्को चरणबाट हाम्रो देशको अर्थतन्त्र र जनसमुदायलाई कसरी जोगाउने भन्ने बारे सरकारको पर्याप्त ध्यान जानुपर्दछ । केन्द्रबाट मात्रै होइन, प्रदेश, स्थानीय सरकार, गैरसरकारी संघ, संस्था, आम जनसमुदायलाई परिचालित गरेर अब आउने कोरोनाको संक्रमण र नयाँ आउने भेरियन्टलाई रोक्न र जुध्न अभियान नै सञ्चालन गर्न म आग्रह गर्दछु ।’

    उनले कोभिडविरुद्धको खोप अभियानलाई तीब्रता दिनुपर्नेमा जोड दिइन् । साथै विश्वमा मंकिपक्सको संक्रमण पनि बढिरहेकाले नेपाल यसतर्फपनि सचेत हुनुपर्ने उनले भनिन् । सांसद पन्तले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्धी र आगामी चुनौतीहरु समेटेर श्वेतपत्र जारी गर्न सरकार समक्ष आग्रह गरिन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend