logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एसपीपीमा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्रीलाई अध्यक्ष नेपालको दवाव

    एसपीपीमा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्रीलाई अध्यक्ष नेपालको दवाव

    3.4K
    Shares
    एसपीपीमा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्रीलाई अध्यक्ष नेपालको दवाव

     

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन् । क्याबिनेटले एसपीपीमा सहभागी नहुने भनेर गरिएको निर्णय कार्यान्वयनमा ढिलासुस्ती भएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई तत्काल कार्यान्वयन गर्न अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री देउवालाई पुनः दवाव दिएका हुन् ।

    आईतबार काठमाडौंमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले केही दिन अघि मात्रै आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेरै एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरिएको पनि बताए । अध्यक्ष नेपालले सोसम्बन्धि पत्राचार छिटो अमेरिकालाई पठाउन सरकारलाई दवाव दिन पनि आम नेपाली जनतालाई आह्वान गरे ।

    मुलुकको राष्ट्रियताको रक्षाका लागि नेपाली जनताको जगकता सबैभन्दा बढि जरुरी हुने अध्यक्ष नेपालको भनाई थियो । उनले भने, ‘हामी आफ्नो देशको हितको निम्ति सजग हुनुपर्ने आवश्यक्ता छ । यो एमसीसीको सन्दर्भमा आयो–तर बिडम्वना के भन्दाखेरी कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री भएको बेलामा एमसीसीलाई नेपालमा भित्र्याइयो । भित्रयाउने मात्रै होइन, आइपिएसमा जोडिने स्थितिमा पनि पुग्यो । पार्टी भित्र त्यो बेलामा जोडदार आवाज उठ्यो ।

    आवाज उठिसके पछि देशको स्थिति एक ढंगले बदलियो । पाँच दलीय गठबन्धनको हातमा सत्ता पुग्यो । सत्तामा पुगिसकेपछि तपाईलाई थाहा छ–फेरी एमसीसी पास गर्नुपर्ने विषय उठ्यो । हामी एमसीसी यथास्थितिमा पास गर्न हुन्न भन्ने, अनि कम्युनिष्ट पार्टी भनिएको एमाले, नेपाली काँग्रेस जो पश्चिमा देशको प्रभावमा रहेको छ । यी दुईटै मिलेर पास गर्ने अवस्थामा झण्डै पुगे । तर सर्त कस्तो थियो भने सभामुखलाई हटाउनुपर्ने, १४ जना एकीकृत समाजवादीका मान्छेहरुलाई सांसदबाट खारेज गर्नुपर्ने अनि त्यसपछि उनीहरुको दर्ता भएको पार्टी खारेज गर्नुपर्ने । अनि, प्रधानन्यायाधीशमाथिको महाअभियोग हटाउनुपर्ने । यी सबै सर्तहरुलाई शेरबहादुरले अस्विकार गरेको हुनाले त्यस्तो जटिल अवस्थामा पुगेको थियो त्यो ।

    त्यो जटिल मोडमा हामीले इन्टरनेशनल प्राक्टिसलाई ध्यानमा राखेर अनि त्यसपछि ब्याख्यात्मक टिप्पणी, जहाँ सबै कमिटमेन्टहरु छन । यो कुनै सैन्य गठबन्धन छ भने हामी मान्दैनौं । यो आर्थिक सहयोगको सम्झौंताबाहेक अरु किसिमको यो सम्झौता हुन्छ भने हामी त्यसलाई स्विकार गर्दैनौं । त्यस्तो भयो भने हामी ३० दिनको सूचना दिएर हामी त्यहाँबाट बाहिरिन्छौं । यी सबै कुराहरुले एउटा ढाडस दियो । नेपाली जनताको भावना प्रतिबिम्वित गरायो । अव त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यक्ता छ । त्यसका निम्ति जनतामा चेतना, सजकता बनाउने काममा जुटनु पर्छ । झण्डै एसपीसीको सम्बन्धमा पनि त्यही भईसकेको थियो । एसपीपी सम्झौंता भएको कि भएन, थाहा नै भएन । पछि त भईसकेको रहेछ । नेपालले चिठी पठाएको रहेछ । त्यो पनि आर्मीले नै पठाएको रहेछ । आर्मीले पठाउनै नहुने ।

    त्यो पनि सरकारको स्विकृति लिएर पठाएको रहेछ । त्यो पनि कम्युनिष्ट पार्टीको प्रधानमन्त्री भएको बेलामा । बिडम्वना होइन । त्यस्तो अवस्थामा हामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दियौं । दवाव दिईसकेपछि उहाँले त्यसलाई स्विकार नगर्ने भनेर कुरा त गरिएको छ । अहिले फेरी अलमलका कुरा आईरहेका छन । अस्ती भर्खर मात्रै म र प्रचण्ड हामी दुईटैले भन्यौं प्रधानमन्त्री शेरबहादुर देउवालाई । तुरुन्तै त्यो चिठी पढाउनुहोस् । ढिलोढाला नहोस् । यस सम्बन्धमा जनताको तहबाट पनि आवाज उठनुपर्दछ । जनता सजग हुनुपर्दछ । किनभने नेपालको राष्ट्रियताको रक्षा गर्ने भनेको नेपाली जनताले हो । जनतामा त्यो चेतना र जागरण आयो भने, संगठित आवाज बुलन्द भईसकेपछि र त्यसको साथमा पार्टीहरु पनि रहिसकेपछि पार्टी र जनताको यो दुईटैको एकताले गर्दाखेरी देशलाई जोगाउन सकिन्छ । देशको रक्षा गर्न सकिन्छ । स्वाभिमानको रक्षा गर्न सकिन्छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend