logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसद यादवको माग

    मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसद यादवको माग

    6.5K
    Shares
    मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसद यादवको माग

     

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद रामबाबुकुमार यादवले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले खेतीको समयमा पानी नपरेर मधेस प्रदेशका किसानहरु समस्यामा परेको बताए ।

    उनले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरे । उनले बन्द रहेका नहरहरु सञ्चालन गर्न, बन्द भएका डिप ट्वीवेलहरुमा मोटर जडान गरी सञ्चालन गर्न र विद्युतको जडान गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले किसानलाई विद्युत पूर्ण रुपमा छुट गराउनुपर्ने बताए ।

    उनले भने– ‘सरकारलाई रुलिङ होस् आजैका दिनदेखि बन्द भएका नहरहरु, बन्द भएका डिप ट्वीवेलहरु जसमा मोटर जडान गर्न बाँकी छ मोटर जडान गरोस् । विद्युतको काम बाँकी छ, विद्युत जडान गरोस् तर आजैदेखि सिचाइँमा जाओस् । मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरियोस् । त्यहाँको किसानको राहतको लागि प्याकेज लिएर आओस् । विद्युत पूर्ण रुपले छुट गरियोस् । प्रत्येक किसानलाई प्रतिविगाह १० हजारका दरले सिचाइँ गर्न, बिउ जोगाउनका लागि, धानको बेर्ना जोगाउनको लागि सरकारले राहत प्याकेज लिएर जाओस् यो माग गर्न चाहन्छु ।’

    उनले बैंकले कृषिमा लगानी बन्द गरेको भन्दै यसले किसानहरु मारमा परेको बताए । सांसद यादवले किसानलाई प्रतिविगाहा १० हजारका दरले राहत दिनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend