मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

पाल्पामा बस दुर्घटनाः ६ जनाको मृत्यु, १७ जना घाइते

पाल्पामा बस दुर्घटनाः ६ जनाको मृत्यु, १७ जना घाइते

 

बुटवल । पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको हो।

घटनास्थलमा रहेका रिब्दिकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ।

‘१७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाएका छौं। गाडीभित्र अरू कति यात्रु छन् भन्ने हेर्दैछौं,’ उनले भने। बस सडकबाट १ सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको उनले जानकारी दिए।

मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ। दुर्घटना कसरी भयो भन्ने कारण खुलेको छैन।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend