मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार छापावाल सुन सोमबार एक सय रुपैयाँ घटेर ९४ हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि तेजावी सुन ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend