logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नागरिकता विधेयक संविधान अनुकुल भएको भुसालको टिप्पणी

    नागरिकता विधेयक संविधान अनुकुल भएको भुसालको टिप्पणी

    5.7K
    Shares
    नागरिकता विधेयक संविधान अनुकुल भएको भुसालको टिप्पणी

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले नागरिकता विधेयक संविधान अनुकुल भएको टिप्पणी गरे । उनले वैवाहिक अंगिकृत नागरिकताका लागि प्रक्रिया पूरा गर्नुपर्ने भनि संविधानले भने अनुरुप कानून बनाउनुपर्ने बताए ।

    विधेयक सुधार गर्नुपनि आवश्यक रहेको उनको भनाई छ । उनले भने – ‘विधेयक सकारात्मक छन् । संविधान अनुकुल नै छन् । वैवाहिक अगिंकृत नागरिकताका सम्बन्धमा हाम्रो विचमा जुन वहस छ । जुन विवाद छ । त्यसलाई टुंग्याएर जान पाएको भए धेरै राम्रो हुन्थ्यो ।

    यो विषय आगामी दिनमा हामीले टुंग्याउने गरी जानुपर्छ । वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्ने सन्दर्भमा संविधानले भनेको प्रक्रिया पूरा गर्ने भनेको के हो ? त्यो प्रक्रिया त कानूनले नै तोक्ने हो । त्यो प्रक्रिया पनि तोकेर जाने हिसावले फेरि पनि यो विधेयकमा सुधार हुनुपर्छ नै । त्यसको आवश्यकता छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend