logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भरतपुरको विकासका लागि निरन्तर अघि बढ्छौँ, थाक्नेवाला छैनौँः रेनु दाहाल

    भरतपुरको विकासका लागि निरन्तर अघि बढ्छौँ, थाक्नेवाला छैनौँः रेनु दाहाल

    4.5K
    Shares
    भरतपुरको विकासका लागि निरन्तर अघि बढ्छौँ, थाक्नेवाला छैनौँः रेनु दाहाल

     

    चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासका लागि निरन्तर अघि बढिरहेको बताएकी छन् । भरतपुर आँखा अस्पतालले आज सोमवार आयोजना गरेको अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आईएसओ) हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकास द्रूत गतिमा अघि बढेको र विकासका कामलाई सधै निरन्तरता दिने बताइन् ।

    भरतपुरलाई देशको नमुना र विकासको मोडल खडा गर्ने उद्देश्यसहित लागिपरेको उनको भनाइ थियो । ‘हामी कहिले पनि थाकेका छैनौँ’, उनले भनिन्, ‘निरन्तर गतिका साथ अघि बढेका छौँ । थाक्नेवाला पनि छैनौँ । रोकिनेवाला पनि छैनौँ । विकासका लागि सकेको कोसिस गरिराखेका छौँ । लागिपरेका छौँ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend