मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सुन–चाँदीको मूल्य घट्यो, तोलाको कति ?

सुन–चाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ४ सय र तेजावी सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार १५० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य १ हजार १५५ रुपैयाँ थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend