logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सरकारका गलत गतिविधिको खवरदारी स्वरुप खेलकुद महासंघले साउन १६ गते विरोधसभा गर्ने

    सरकारका गलत गतिविधिको खवरदारी स्वरुप खेलकुद महासंघले साउन १६ गते विरोधसभा गर्ने

    3.5K
    Shares

    काठमाडौं । नेपाल खेलकुद महासंघले सरकारले गरेका गलत गतिविधिको खवरदारी स्वरुप विरोधसभा गर्ने भएको छ । सोमबार काठमाडौंमा आयोजीत महासंघको विशेष बैठकमा महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले यहि साउन १६ गते सरकारले गरेको मुल्यबृद्धिको, अनियमितता, भष्ट्राचार लगायतका बिषयमा खवरदारी गर्न विरोधसभाको आयोजना गर्न लागिएको बताए ।

    काठमाडौंको बसन्तपुरमा हुने विरोधसभामा लाखौको सहभागिता रहने उनले बताए । ‘बसन्तपुरमा विरोध सभा हुनेछ र सो सभामा लाखौं युवाहरुको सहभागिता रहने आमीले विश्वास लिएका छौं ।’ उनले भने ।

    महासंघका सह ईन्चार्ज रमेश पौडेलले बजेट निमार्णमा अर्थमन्त्रीले अनधिकृत व्याक्ति समावेश गर्नु, नागरिकता विधेयकमा भएको मनमरीको पनि विरोध गर्ने बताए । वर्तमान सरकारले खेलकुद क्षेत्रलाई समेत वेवास्ता गरेको उनको भनाई थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend