logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बढ्दो महँगीको विरोध गरेका राहुल गान्धी प्रहरी नियन्त्रणमा

    बढ्दो महँगीको विरोध गरेका राहुल गान्धी प्रहरी नियन्त्रणमा

    3.6K
    Shares

    काठमाडौं । भारतको प्रमुख प्रतिपक्ष दल कांग्रेस आईका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार संसद भवनदेखि विजय चोकसम्म प्रदर्शनमा सहभागी हुन पुगेका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।

    उनी विजय चोकमा धर्नामा बसेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो। गान्धीले बढ्दो महँगी र बेरोजगारीबारे सरकारलाई खबरदारी गर्नु प्रदर्शनको उद्देश्य रहेको बताएका थिए। ‘महँगी र बेरोजगारीबारे संसदमा बहस गर्न दिइएको छैन र प्रहरीले सडकमा प्रदर्शन गर्नसमेत रोक लगाएको छ,’ गान्धीले भनेका छन्।

    गान्धीसहित प्रदर्शनमा पुगेका कांग्रेस आईका अन्य सांसद तथा नेता कार्यकर्तालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend