logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधि सभा बैठकको शुन्य समयः कुन सांसदले के भने ?

    प्रतिनिधि सभा बैठकको शुन्य समयः कुन सांसदले के भने ?

    5.3K
    Shares
    प्रतिनिधि सभा बैठकको शुन्य समयः कुन सांसदले के भने ?

     

    काठमाडौं । प्रतिनिधि सभा सदस्य अञ्जना विशुङ्खे अष्टे«लियामा हुन थालेको आइपीएसको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापतिलाई कुन हैसियतमा पठाउन लागेको भन्दै सरकारसँग जवाफ माग गरिन् । उनले सरकारले एमसीसी आइपीसको सदस्य अंग नभएको भन्दै नेपालको संसदबाट एमसीसी पास गर्ने अनि त्यी आइपीसको सम्मेलनमा सेनापति सहभागिको लागि पठाएर सरकारले नेपालको असंग्लन परराष्ट्र नीति मिचेको आरोप लगाइन् ।

    उनले भनिन्, ‘आइपीएसको अन्तर्राष्ट्रिय सम्मेलन अष्टे«लियाको मेलवनमा शुरु भएको छ । नेपाल आइपीएसको सदस्य अंग होइन भनेर एमसीसी संसदबाट पारित गराउँदा यसैसँग १२ बुँदे घोषणा समेत संसदबाट पारित गराइएको थियो । जसमा एमसीसी आइपीएसको अंग हुनेछैन भनेर उल्लेख गरिएको थियो । तर यो निर्णयलाई लत्याएर सरकारले नेपाली सेनाका प्रधानसेनापतिलाई आइपीएसको सम्मेलन कुन हैसियतले सहभागिता जनाउन पठायो । यसको जवाफ सभामुखमार्फत सरकारसँग माग गर्दछु । सरकारले नेपालको असंग्लन परराष्ट्र नीति मिच्न पाइँदैन । सरकारले यो नीतिलाई बेवास्ता गर्न थालियो भने नेपालको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता विखण्डित हुनेछ ।’

    त्यस्तै सांसद अमृता थापाले सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गर्ने तर यही साउन ९ गतेदेखि ११ गतेसम्म अष्ट्रेलियामा हुने इमल चिप अफ कन्फेन्समा भाग लिन जाने प्रधानसेना पतिको भ्रमण मन्त्रीपरिषद्बाट भइरहेको कुरा साचो भए तत्काल सच्याउन माग गरिन् ।

    उनले भनिन्,‘हाम्रो देशको भूराजनीतिक अवस्थामा र संवेदशीलता विषय नेपालीको लागि चासोको विषय इतिहासदेखि भइरहेको छ । भर्खर मात्रै नेपाल सरकारले एसपीपीमा सहभागी नहुने निर्णय ग¥यो । तर यही साउन ९ गते देखि ११ गतेसम्म अष्ट्रेलियामा हुने इमल चिप अफ कन्फ्रेन्समा भाग लिन जाने प्रधानसेना पतिको भ्रमण मन्त्रीपरिषद्बाट भइरहेको कुरा साचो हो । सोचो हो भने नेपालको परराष्ट्र नीति अनुसार सरकारको निर्णय सच्याउन आग्रह गर्दछु ।’

    त्यस्तै प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार क्रिप्टोकरेन्सीमा संलग्न भएको भन्दै तत्काल क्रिप्टोकरेन्सी कारोबार करको दायरा वा नियन्त्रण गर्न माग गरिन् । उनले पछिल्लो समय बैंकमा पैसाको अभाव देखिनु, शेयर बजार धरासाही हुँदै जानुमा क्रिप्टोकरेन्सी प्रमुख कारण रहेको दाबी गरिन् ।

    उनले भनिन्,‘ नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार क्रिप्टोकरेन्सीमा संलग्न छन् । लगानीकर्तालाई कानूनको डर छ भने लगानी सुरक्षित छैन भन्ने आंतक छ । छोटो समयमा नै धेरै मुनाफा हुने व्यापार क्रिप्टोकरेन्सी बेरोजगारी युवा,भष्टाचारी ,जग्गा र हुण्डी कारोबारमा नेतादेखि कार्यकता समेतको आकर्षण बढ्न थालेको छ । बैंकमा पैसाको अभाव देखिनु शेयर बजार धरासाही हुँदै जानुमा क्रिप्टोकरेन्सी प्रमुख कारण रहेको छ । क्रिप्टोकरेन्सीलाई करको दायरामा ल्याएर नियन्त्रण गर्न सरकारसँग माग गर्दछु ।’

    त्यस्तै सांसद कलिला खातुनले गण्डकी प्रदेश सरकारले सबै प्रकारका सवारी साधनको कर अत्याधिक बढाएको भन्दै संघीय सरकारले नियन्त्रण गर्न माग गरिन् ।

    उनले भनिन्,‘ गण्डकी प्रदेशमा सवारी साधनहरुको कर बढाउने आंतक बढेको छ । सबै प्रकारका सवारी साधनको कर वृद्धि भएको छ । संघीय सरकारले प्रदेश सरकारले सवारी साधनमा बढाएको कर रोक्न अग्रह गर्दछु ।’

    त्यस्तै सांसद कृष्णप्रसाद दाहालले काठमाडौमा सप्लाई सहज बनाउन कान्तिपथ राजमार्गको मर्मत तत्काल गरी सवारी गुड्न योग्य बनाउन सरकारसँग माग गरे । उनले विगत लामो समय देखि काठमाडौंको सप्लाई सहज बनाउने बैकल्पिक रार्ग बनाउने योजना अहिलेसम्म सम्पन्न हुन नसकेको बताए ।

    उनले भने,‘काठमाडौंको सप्लाईलाई सहज बनाउन कान्तिपथ राजपथ वैकल्पिक राजमार्गको विकास गर्न सरकारले बजेट विनियोजन गरेर धेरै अगाडि ठेक्का लगाएको थियो । आज त्यो पूरा भएको छैन । तर ललितपुर मकवानपुरको बीचमा रहेको बागमती नदिले पुलको मुखैमा गाडी चल्न नसक्ने गरी दुई तीन महिना भयो । त्यो बाटो मर्मत गरेर सवारी गुड्नसक्ने बनाउन सरकारको ध्यानाकर्षण गर्दछु ।’

    त्यस्तै अर्का सांसद केदार सिग्देलले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ठिक चार वर्ष पुगेको भन्दै वर्तमान सरकार एक वर्षसम्म चुप लागेर बसेको बताए । उनो सत्तापक्ष भन्दा बाहिर हुँदा संसद नै हल्लाएर बोल्ने सांसदहरु समेत अहिले चुप बस्न थालेको आरोप लगाए ।

    उनले देउवा सरकारले एक वर्षमा निर्मलाको हत्याका विषयमा अपराधी खोज्न गरेका काम बाहिर ल्याउन आग्रह गरे । सांसद सिग्देलले सरकारले तत्काल अपराधी पत्ता लगाएर कारबाही गर्न माग गरे ।

    उनले भने,‘ कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ठिक चार वर्ष पुग्यो । तत्कालिन ओली सरकारले हत्यारालाई छुट दिन अनुसन्धान नगरेको अहिलेका सत्तापक्षका सांसदहरुले हलै थर्कने गरी बोलेको सुनिन्थ्यो । म सोध्न चाहन्छु । देउवा सरकारले यो एक वर्षसम्म त्यी अपराधी पत्तालगाउन केके काम ग¥यो । सिन्को भाँचेको छैन । गठबन्धन मौन बसेको छ । आज प्रतिपक्ष एमाले साथ दिन तयार छ । अपराधीहरुलाई पत्ता लगायएर कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend