logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • स्थानीय तहको चुनावमा आयोगको कुन शीर्षकमा कति खर्च ? (विवरणसहित)

    स्थानीय तहको चुनावमा आयोगको कुन शीर्षकमा कति खर्च ? (विवरणसहित)

    3.1K
    Shares
    स्थानीय तहको चुनावमा आयोगको कुन शीर्षकमा कति खर्च ? (विवरणसहित)

    काठमाडौं । निर्वाचन आयोग, नेपालले गत स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ । मंगलवार आयोगमा निर्वाचन परिणाम तथा खर्च सार्वजनिकरणका लागि पत्रकार सम्मेलन गर्दै आयोगले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको खर्चबारे जानकारी गराएको हो ।

    आयोगले खर्च नभएको ३ अर्ब ६ करोड ९६ हजार करोड १२४ रुपैयाँ खर्चका लागि सरकारले उपलब्ध गराएको रकमबाट बचेको बताएको हो । सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ खर्च छट्याएको थियो । निर्वाचन परिणाम तथा खर्च सार्वजनिक गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो निर्वाचनमा प्रति मतदाता खर्च ४९३ रहेको बताए ।

    यस्तो छ स्थानीय चुनावमा आयोगले गरेको आय–व्यय विवरण:
    खर्च व्यवस्थापन
    नेपाल सरकारबाट निकासा भएको रकम : रु.८ अर्ब ११ करोड
    आयोगको सचिवालयबाट भएको खर्च : रु.१,०२,६३,१२,१२९।–
    मुख्य/निर्वाचन अधिकृतको कार्यालय : (७५३) बाट भएको खर्च : रु.३,५४,१२,७३,६१७।–
    निर्वाचन कार्यालय (७७) बाट भएको खर्च : रु.४१,३३,०७,१३०।–
    गृह मन्त्रालयमार्फत मतपेटिका ढुवानी खर्च : रु.४,५०,००,०००।–
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत भएको खर्च : रु.१,४५,००,०००।–
    कुल खर्च : रु.५,०४,०३,९२,८७६।–
    नेपाल सरकारमा फिर्ता रकम : रु. ३,०६,९६,०७,१२४।–

    स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भएको कुल खर्चमध्ये २०.३६ प्रतिशत आयोगको सचिवालयबाट भएको छ भने बाँकी रकम विकेन्द्रीकृत ढंगले विभिन्न मन्त्रालय र अन्य कार्यालयबाट खर्च भएको आयोगले जनाएको छ ।

    खर्च व्यवस्थापनको तुलनात्मक अवस्था
    संविधानसभा निर्वाचन, २०७० मा आन्तरिक र बाह्य स्रोत गरी रु. ५,९८,८९,९५,०८०।– खर्च भएकोमा प्रतिमतदान केन्द्र खर्च रु. ३,१८,९८८ भएको थियो । यो निर्वाचन प्रतिमतदाता खर्च रु. ४९३ पर्न गएको आयोगले जनाएको छ । यस्तै स्थानीय तह निर्वाचन, २०७४ मा आन्तरिक र बाह्य स्रोत गरी जम्मा रु ७,१५,७७,१९,९६२।– खर्च हुँदा प्रतिमतदान केन्द्र खर्च ३,८५,३८३।– र प्रति मतदाता खर्च रु. ५०९।– भएको आयोगको भनाइ छ ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७४ मा आन्तरिक स्रोतबाट रु.७,८०,१४,४९,१२१।– खर्च भएको थियो भने बाह्य स्रोतबाट प्राविधिक र व्यवस्थापकीय सहयोग मात्र लिइएको थियो । उक्त निर्वाचनमा प्रतिमतदान केन्द्र खर्च रु. ३,९३,८३४।– भएकोमा प्रतिमतदाता खर्च रु.५०६ रहेको आयोगले जनाएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ मा आन्तरिक स्रोतबाट रु.५,०४,०३,९२,८७६।– खर्च भएको थियो । बाह्य स्रोतबाट सामान्य प्राविधिक र व्यवस्थापकीय सहयोग मात्र लिइएको थियो ।

    यस निर्वाचनमा प्रतिमतदान केन्द्र खर्च रु. २,२९,५७८।– भएको थियो भने प्रतिमतदाता खर्च रु २८४।– पर्न आएको छ । यसको आधारबाट स्थानीय तह सदस्य निर्वाचन, २०७९ पछिल्ला निर्वाचनहरूको तुलनामा सबैभन्दा मितव्ययी निर्वाचन हुन गएको आयोगको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend