logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • मलेसियामा कोभिडका बिरामी बढे, ९ जनाको मृत्यु

    मलेसियामा कोभिडका बिरामी बढे, ९ जनाको मृत्यु

    6K
    Shares
    मलेसियामा कोभिडका बिरामी बढे, ९ जनाको मृत्यु

    एजेन्सी । मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार सात सय ५९ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५९ हजार सात सय १० पुगेको छ भने ३५ हजार नौ सय ३२ जनाले ज्यान गुमाएका छन् ।

    यसैबीच, न्युजिल्याण्डमा आज आठ हजार सात सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै त्यहाँ १५ लाख ७७ हजार चार सय १४ जनामा कोभिडबाट प्रभावित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सन् २०२० मा कोभिड–१९ महामारी शुरु भएयता एक हजार चार सय २७ जनाको मृत्यु भइसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend