logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • डाटा बिना निशुल्क चलाउन सकिन्छ एनसेलमा नेपाल बैंकको मोबाइल बैंकिङ

    डाटा बिना निशुल्क चलाउन सकिन्छ एनसेलमा नेपाल बैंकको मोबाइल बैंकिङ

    6.8K
    Shares
    डाटा बिना निशुल्क चलाउन सकिन्छ एनसेलमा नेपाल बैंकको मोबाइल बैंकिङ

    काठमाडौँ — एनसेलमा नेपाल बैंकको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई डाटा शुल्क नलाग्ने भएको छ ।

    बैंक र एनसेल एक्जियटाबीच यस सम्बन्धी सम्झौता भएको हो । नेपाल बैंकको प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्गले सम्झौतामा हस्ताक्षर गरे ।

    नेपाल बैंकले यसअघि नै नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकलाई मोबाइल बैंकिङ प्रयोगमा डाटा शुल्क नलाग्ने सेवा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन ।

    डिजिटल बैकिङ्गलाई प्रवर्द्धन गरी ग्राहकलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । देशभर बैंकका २१९ शाखाहरु, १८३ एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर संचालनमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend