logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रचण्ड आगामी साता जापान जाने

    प्रचण्ड आगामी साता जापान जाने

    10.6K
    Shares
    प्रचण्ड आगामी साता जापान जाने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् ।

    नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् । प्रचण्डले टोकियोमा ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

    टोकियो खामेइदो कल्चर सेन्टरमा आगामी अगस्ट ७ तारिख हुने कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको उपस्थिति रहने आयोजकले जनाएको छ ।

    हालै भारतको औपचारिक भ्रमण गरेर स्वदेश फर्किएका प्रचण्ड जापानबाट फर्केपछि चीन जाने बताइएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend