काठमाडौं । अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अभिनेत्री मगर र प्राविधिक ठकुरी विरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए ।
तामाङले आफूमाथि भएको गाली बेइज्जती र कुटपिट सम्बन्धमा माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको उजुरीमा उल्लेख गरेको सूचना अधिकारी दाहालको भनाइ छ ।
फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाही माग गरिएको छ । गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन् ।
मिरुना यतिबेला लण्डनमा छिन् ।