logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रिय सभाको दोस्रो बैठकः कसले के भने ?

    राष्ट्रिय सभाको दोस्रो बैठकः कसले के भने ?

    5.8K
    Shares
    राष्ट्रिय सभाको दोस्रो बैठकः कसले के भने ?

     

    काठमाडौं । सांसद सुरेशकुमार आले मगरले कारागारलाई सुधार गृहको रुपमा विकास गर्ने कुरा व्यवहारमा लागु हुनुपर्ने बताए । उनले कारागारभित्र मनोसामाजिक परामर्श आवश्यक भएको उल्लेख गरे ।

    सांसद डा. विमला राई पौड्यालले कारागारभित्र हुने व्यवहारलाई सुधार गर्नु जरुरी रहेको बताइन् । उनले महिला बन्दीहरुलाई पुरुष सुरक्षाकर्मी र कर्मचारीहरुले यौनजन्य दुव्र्यवहार गर्ने गरेको भन्दै यस्तो घटनामा गोप्य रुपमा उजुरी गर्ने र दोषीलाई कारबाही गर्ने व्यवस्था गरिनुपर्ने बताइन् ।

    सांसद उदयबहादुर बोहोराले कारागारभित्र चौकिदार, नाइके र भाइ नाइकेहरुले शासन चलाइरहेको बताए । कैदी बन्दीसँग भेट्न काराकार प्रशासनले पनि उनीहरुको अनुमति लिनुपर्ने अवस्था रहेको भन्दै त्यस्तो रवैया रोक्नुपर्ने बताए । उनले राजनीतिक बन्दी र अन्य बन्दीलाई गरिने व्यवहार फरक हुनुपर्ने बताए ।

    सांसद भैरवसुन्दर श्रेष्ठले कारागारमा पुस्तकालयको व्यवस्था हुनुपर्ने र कैदीबन्दीहरुलाई सिपमुलक तालिमहरु दिनुपर्ने बताए । उनले कैदीलाई अपायक पर्ने ठाउँमा स्थानान्तरण गर्नु नहुने बताए ।

    सांसद भुवनबहादुर सुनारले कैदी बन्दीलाई कारागारमा चौकीदारहरुबाट ज्यादती हुने गरेको भन्दै त्यस्तो हुनु नहुने बताए । उनले कैदी बन्दीलाई सीपमुलक तालिम दिइनुपर्नेमा जोड दिए ।

    बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरेको छ । त्यस्तैगरी राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend