मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

आगामी निर्वाचनमा महिलाहरुको सहभागिता अधिक गराउन दलहरुको गम्भिर ध्यानाकर्षण

आगामी निर्वाचनमा महिलाहरुको सहभागिता अधिक गराउन दलहरुको गम्भिर ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता अधिक गराउन राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराएकी छन् । समाजमा विद्यमान महिलाहरुलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन पनि राजनीतिक दलहरुले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको अधिक सहभागिता गराउन पहल गर्नुपर्ने उनले स्पष्ट पारिन् ।

उपसभामुख भुसालले भनिन्, ‘समानुपातिक निर्वाचन प्रणालीसँगसँगै प्रत्यक्ष निर्वाचनको माध्यामबाट पनि महिलाहरुलाई कसरी नेतृत्वको लागि अवसर प्रदान गर्ने भन्ने कुरालाई राजनीतिक दलहरुले प्राथमिकता दिनुपर्दछ । समाजमा विद्यमान मनोवैज्ञानिक दृष्टिकोणलाई बदलेर लैजान पनि आगामी निर्वाचनमा महिलाहरुको सहभागितामा जोड दिनुपर्ने हुन्छ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend