logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नागरिकता विधेयक दुवै सदनबाट पारित

    नागरिकता विधेयक दुवै सदनबाट पारित

    9.7K
    Shares
    नागरिकता विधेयक दुवै सदनबाट पारित

    काठमाडौं । नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गरेका थिए ।

    विधेयकमाथि प्रमुख प्रतिपक्षी दल एमाले विपक्षमा रह्यो भने सत्ता गठबन्धन दलले समर्थन गरेका थिए । नागरिकता विधेयकमाथिको छलफलका क्रममा संशोधनकर्ता सत्ता गठबन्धन दलका सांसदले संशोधन प्रस्ताव फिर्ता लिए भने प्रमुख प्रतिपक्षी दलका सांसद र एक स्वतन्त्र सांसदले संशोधन प्रस्ताव फिर्ता लिएनन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend