logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • केचनाकवल घटनाका पीडित परिवारलाई दुर्गा प्रसाईँले गरे खाद्यान्न र नगद सहयोग

    केचनाकवल घटनाका पीडित परिवारलाई दुर्गा प्रसाईँले गरे खाद्यान्न र नगद सहयोग

    7K
    Shares
    केचनाकवल घटनाका पीडित परिवारलाई दुर्गा प्रसाईँले गरे खाद्यान्न र नगद सहयोग

    काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बी एण्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले केचनाकवल घटनाका पीडित परिवारलाई खाद्यान्न सामाग्री तथा नगद सहयोग गरेका छन् । हार्दिक समवेदना सहित खाद्यान्न सामाग्री तथा नगद सहयोग गरेका हुन् ।

    प्रसाईँ आफू वैदेशिक भ्रमणमा भए पनि उनले आफ्नो अनुयायीहरूको हातबाट पीडित परिवारलाई नगद रु २०–२० हजार ,चामल ६०–६० केजी ,दाल ५–५ केजी र तेल ७ – ७ लिटर प्रति सहयोग पठाएका हुन् ।

    गत आइतबार झापा जिल्ला केचनाकवल गाउँपालिका वडा नं ५ बस्ने गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पनाको परिवारजनलाई अस्पतालका प्रतिनिधि सहितको टोलीले बिहीबार सो सामाग्री उपलब्ध गराएको हो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend