logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

    प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

    4.1K
    Shares
    प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

    काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभामा उत्पत्ति भएको स्टाण्डर्ड नाप र तौल (पाचौं संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यतालिका रहेको छ ।

    त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, राष्ट्रिय सभाको सन्देशसहितको काठमाडौं उपत्यका सार्वजनिक यातायात यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रश्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देशसहितको शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend