शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आजै संसद्‌मा पेश गरिने

अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आजै संसद्‌मा पेश गरिने

 

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय विशेष छानबिन समितिले तयार गरेको प्रतिवेदन आजै प्रतिनिधि सभामा पेश हुने भएको छ। चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि प्रतिनिधि सभाले संसदीय विशेष छानबिन समिति गठन गरेको थियो। समिति गठन गरिएसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझाउन लागेको छ। आज दिउँसो ३ बजे सभामुखलाई प्रतिवेदन बुझाउने समय तय भएको संसदीय समितिका सदस्य–सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

संसदीय समितिको प्रतिवेदन आजै प्रतिनिधि सभामा प्रस्तुत गर्ने सभामुख सापकोटाको तयारी छ। यसका लागि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक स्थगन गरेका छन्। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि शुरू भएको थियो। सभामुख सापकोटाले भर्खरै बैठक स्थगन गरी अर्को बैठक अपराह्न ३ बजे बस्ने जानकारी गराएका छन्।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend