आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बाढीका कारण तीन जनाको मृत्यु

बाढीका कारण तीन जनाको मृत्यु

जाकार्ता/रासस । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा आएको बाढीमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको स्थानीय प्रकोप एजेन्सीका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् ।

भारी वर्षाले परीगी माउटोङ जिल्लाको टोरु गाउँका सबै घरहरू डुबानमा परेको जिल्लाको विपद् व्यवस्थापन निकायको परिचालन इकाई प्रमुखले बताएका छन् ।

हिजो अचानक पानी आएको र गाउँका सबै घर र भवन डुबानमा परेको जनाइएकोे छ । प्रभावित क्षेत्रहरू जाँच गरिसकेपछि, तीन जनाको मृत्यु भएको र अन्य चार जना बेपत्ता छन् । खोज र उद्धार कार्यालयका कर्मचारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका जनाइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend