
काठमाडौं । संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । अर्थमन्त्रीमाथी छानविन गर्न गठन गरिएको संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निष्कर्ष निकालेको हो ।
समितिको प्रतिवेदनमा लेखिएको छ, ‘करका दर हेरफेरमा अनधिकृत ब्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन ।’ समितिको प्रतिवेदन केहीबेरमा संसदमा पेश हुनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend