logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अभिव्यक्ति दिँदा अनुशासनको दायरा र पार्टीको मर्यादा ख्याल गरौँ: प्रकाशमान सिंह

    अभिव्यक्ति दिँदा अनुशासनको दायरा र पार्टीको मर्यादा ख्याल गरौँ: प्रकाशमान सिंह

    6.8K
    Shares
    अभिव्यक्ति दिँदा अनुशासनको दायरा र पार्टीको मर्यादा ख्याल गरौँ: प्रकाशमान सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अभिव्यक्ति दिँदा पार्टीको मर्यादा ख्याल राख्नुपर्ने बताएका छन् । नेता सिंहले पार्टीका नेता कार्यकर्ताले पार्टी अनुशासनको दायराभित्र बसेर अभिब्यक्ति दिनु पर्ने बताएका हुन् ।

    शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसको कार्यकर्ता भएपछि उस्ले गर्ने गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै कार्यकर्तालाई जिम्मेवार बन्न सुझाव दिएका छन्। पार्टीले गरेको निर्णयको पक्षमा सबै जना उभिन सके मात्रै पार्टी बलियो हुने उनको भनाई छ।

    नेता सिंहले भने,‘सार्वजनिक मञ्चबाट या सामाजिक सञ्जालबाट पार्टी निर्णय भन्दा फरक धारणा राख्दा व्यक्ति चर्चित होला तर कांग्रेस कमजोर हुने भएकाले यसप्रति सबै जिम्मेवार बन्नुपर्छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend