logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतमा पछिल्लो एक दिनमा थप २० हजार नयाँ सङ्क्रमित, ४४ जनाको मृत्यु

    भारतमा पछिल्लो एक दिनमा थप २० हजार नयाँ सङ्क्रमित, ४४ जनाको मृत्यु

    4.3K
    Shares
    भारतमा पछिल्लो एक दिनमा थप २० हजार नयाँ सङ्क्रमित, ४४ जनाको मृत्यु

     

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन् ।

    संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ । ती मध्ये एक लाख ४३ हजार ३८४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्कमा देखिएको छ । पछिल्लो समय भारतमा दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या र सक्रिय सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।

    भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या पाँच लाख २६ हजार ३१२ पुगेको छ । सङ्क्रमणमुक्त भएकाहरूको प्रतिशत ९८।४८ रहेको छ । पछिल्लो एक दिनमा २० हजार ९५८ जना सङ्क्रमणमुक्त भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend