
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेभित्र पनि माओवादी नै पसेको जस्तो लाग्ने गरेको टिप्पणी गरेका छन्। महिला, दलित, जनजाति, आदिवासी, मुस्लिम लगायतका प्रतिनिधित्व गरेर आएकाहरु देख्दा आफूलाई माओवादी नै आएको महसुस हुने बताए।
नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘कुनैले अलि धेरै सिट ल्याए होलान्, कोहीको अलि थोरै आयो होला,। तर सबैतिर मैले नै र माओवादी केन्द्रले नै जितेको जस्तो लाग्छ।’
संघीयताको मान्यता रगत बगाएर प्राप्त भएको उनले बताए। ‘आजभोलि मैले त्यो पनि भन्ने गरेको छु नेपाली कांग्रेसले महिला, दलित, जनजाति, मुस्लिम आदिलाई प्रतिनिधित्व गराउँछ भने मलाई लाग्छ यो माओवादी नै आइपुगेको हो।’ प्रचण्डले भने।
कांग्रेस र एमालेभित्र माओवादी पसको जस्तो लाग्ने उनले बताए। ‘हामी कोही निराश हुनपर्ने कारण छैन। यो परिवर्तन माओवादी जनयुद्धका कारण मात्रै संभव भएको हो।’ प्रचण्डको भनाई छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend