logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • गठबन्धनको गीत मात्रै गाउँदा चुनावमा अपेक्षित सिट हासिल गर्न सकिएन: माधव नेपाल

    गठबन्धनको गीत मात्रै गाउँदा चुनावमा अपेक्षित सिट हासिल गर्न सकिएन: माधव नेपाल

    4.1K
    Shares
    गठबन्धनको गीत मात्रै गाउँदा चुनावमा अपेक्षित सिट हासिल गर्न सकिएन: माधव नेपाल

    डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले गठबन्धनको गीत मात्रै गाउँदा पालिका तहको चुनावमा अपेक्षित सिट हासिल गर्न नसकिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज जिल्ला सदरमुकाम सिलगढीमा आइपुगेका अध्यक्ष नेपालले सिलगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै गठबन्धनकै भर परेर पालिका तहको चुनावमा अपेक्षित सिट हासिल गर्न नसकिएको बताएका हुन् ।

    उनले भने, “गठबन्धनको गीतमात्रै गाउँदा पालिका तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको संघ / प्रदेशको निर्वाचनमा हामी सोचे भन्दा बढी सिट हासिल गर्ने छौँ ।” अध्यक्ष नेपालले हालको पाँच दलीय गठबन्धन संघरप्रदेशको चुनावसम्म मात्रै नभइ पछिसम्म पनि दिगो रहने विश्वास व्यक्त गर्नुभयो । वर्तमान परिपक्षमा गठबन्धन आवश्यक रहेकाले चुनावसम्म मात्र नभइ पछि सम्मका लागि पनि गठबन्धन कायम राख्न पाँचदलका शीर्ष नेताहरुबीच सहमत भएको समेत अध्यक्ष नेपालले जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend