logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु, ४३८ जना सङ्क्रमित थपिए

    कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु, ४३८ जना सङ्क्रमित थपिए

    7.4K
    Shares
    कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु, ४३८ जना सङ्क्रमित थपिए

    काठमाडौं । नेपालमा थप ४३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ६९९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९२ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा थप २ जनाको मृत्यु पनि भएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनको सङ्ख्या ११ हजार ९६६ पुगेको छ । त्यस्तै, २७७ जना निको पनि भएका छन् । नेपालमा निको हुने दर ९८।३ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४ हजार ३६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५८ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend