logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • संसदीय विशेष समितिको बहुमत र अल्पमतको आधारमा ल्याईएको प्रतिवेदन मान्य छैनः अध्यक्ष ओली

    संसदीय विशेष समितिको बहुमत र अल्पमतको आधारमा ल्याईएको प्रतिवेदन मान्य छैनः अध्यक्ष ओली

    7.4K
    Shares
    संसदीय विशेष समितिको बहुमत र अल्पमतको आधारमा ल्याईएको प्रतिवेदन मान्य छैनः अध्यक्ष ओली

     

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्य नभएको बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा बोल्दै उनले संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न नसकिने बताएका हुन् ।

    बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ जना र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु थिए ।

    अध्यक्ष ओलीले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएको बताए । ‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने ?’ ओलीले प्रश्न गरे ।’ छानबिन समितिलाई सीसीटीभी फुटेज र कल डिटेल हेर्न नदिएको ओलीले बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend