logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाबाणिज्यदुत गणेश कार्कीलाई युरोपियन इन्टरनेशनल विश्वविद्यालयको मानार्थ विद्यावारिधि

    महाबाणिज्यदुत गणेश कार्कीलाई युरोपियन इन्टरनेशनल विश्वविद्यालयको मानार्थ विद्यावारिधि

    8.7K
    Shares
    महाबाणिज्यदुत गणेश कार्कीलाई युरोपियन इन्टरनेशनल विश्वविद्यालयको मानार्थ विद्यावारिधि

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का उपाध्यक्ष तथा मोरिससका महाबाणिज्यदुत गणेश कार्कीलाई युरोपियन इन्टरनेशनल विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ।

    युरोपियन इन्टरनेशनल युनिभर्सिटीले ‘ग्लोबल लिडरसिप इन बिजनेश म्यानेजमेन्ट’मा कार्कीलाई मलेसियामा मानार्थ विद्यावारिधि (प्रोफेसनल डक्टर  प्रमाणपत्र) प्रदान गरेको हो ।

    मलेसियाकी राजकुमारी डा. रोमना मुराडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्कीले नेपालको सामाजिक र आर्थिक क्षेत्रमा ठुलो योगदान पुर्याएको भन्दै सो डक्टर अवार्ड प्रदान गरीएको हो ।

    मानार्थ ‘विद्यावारिधि’ प्रदान कार्यक्रममा युरोपियन इन्टरनेशनल युनिभर्सिटीका डा. एर्वर्ड रोय कृष्णन, संस्थापक तथा महानिर्देशक डा. एडवर्ड रोय कृष्णनको बिशेष उपस्थिति रहेको थियो । युरोपियन इन्टरनेशनल युनिभर्सिटी फ्रान्सको चर्चित बिश्वबिधालय हो ।

    ३० देशका एकसय पचास भन्दा बढी विशिष्ट व्याक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रममा कार्की सहित ५५ जनालाई विभिन्न विधामा मानार्थ ‘विद्यावारिधि’बाट दिक्षित गरीएको थियो।

    कार्की सिंगटी हाइड्रो इनर्जी लिमिटेडका कार्यकारी निर्देशक तथा रोटरी क्लव अफ पाटन हेरीटेजका अध्यक्ष समेत हुनुहुन्छ ।

    अवार्ड कार्यक्रमका थप फोटोहरु 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend