logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • महिला आयोग बन्यो झगडाको थलो

    महिला आयोग बन्यो झगडाको थलो

    6.2K
    Shares
    महिला आयोग बन्यो झगडाको थलो

    काठमाडौँ । महिला आयोगकी अध्यक्ष कमला पराजुलीले शनिबार सामाजिक सञ्जालमा लेखिन्, ‘सरकार मलाई शान्ति सुरक्षा चाहियो। मउपर कुनै पनि समय कुनै पनि घटना हुन सक्ने संभावना यो परिदृश्यले संकेत गरेको छ। आज दिउँसो ५:३० बजे तस्बिरमा भएका पेसेवर व्यक्तिहरू मेरो घर र बस्तीमा आएर मेराविरुद्ध मनपरी तथानाम नारावाजी गरेर आंतक मच्चाएका छन्। यी व्यक्ति किन र कसरी कोबाट परिचालित छन् ? सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण होस्।’

    तस्बिरमा उनका घरअगाडि सडकमा प्लेकार्ड बोकेको समूह देखिन्छ। यो कतै महिला आयोगको विवादको प्रतिबिम्ब त होइन भन्ने यसले देखाउँछ। तर, पराजुलीले ती व्यक्ति को हुन् भन्ने जानकारी र पहिचान नभएको बताइन्।

    के हो आयोगको विवाद ?
    राष्ट्रिय महिला आयोग महिलाको हक, हित र अधिकारलाई संरक्षण गर्दै महिलाविरुद्ध हुने भेदभावलाई निर्मूल गरी लैंगिक न्याय सुनिश्चित गर्ने संवैधानिक निकाय हो। तर, यही आयोगका अध्यक्ष कमला पराजुली र सदस्य कृष्णकुमारी पौडेल खतिवडा आरोप प्रत्यारोप गर्दै आएका छन्।

    आयोगका पदाधिकारीबीच मुख्य रूपमा कोभन्दा को ठूलो भन्ने विवाद देखिन्छ। केही दिनअघि प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा आयोगका पदाधिकारीबीचको विवादबारे प्रश्न उठ्यो। पीडितलाई न्याय दिनुभन्दा आयोग आफैंभित्र समन्वय र सहकार्य गर्न नसक्दा प्रभावकारी बन्न नसकेको समितिको निष्कर्ष थियो।

    अध्यक्ष पराजुली आफू अध्यक्ष भएर आएको महिना दिन नबित्दै प्रोटोकलको होडबाजीले विवाद हुँदै आएको बताउँछिन्। सदस्य पौडेलले आफू वरिष्ठ सदस्य भएको भन्दै मनोमानी गर्न चाहेको, अध्यक्षका निर्णयमा अटेर गरेको उनले आरोप लगाइन्।

    समितिको बैठकमा पराजुलीले यसबारे असन्तुष्टि पोखेकी थिइन्। उनले आयोगको छवि धमिल्याउन सामाजिक रूपमा आफूलाई बदमान गर्न झुटो समाचार लेखाउने र सेयर गर्न लगाउने गरेको आरोप लगाइन्। नीतिगत काम गर्नभन्दा पनि अध्यक्षलाई धम्काउने, अध्यक्षको निर्णयविपरीत गएर कर्मचारीलाई दबाब दिने खालका काम सदस्य पौडेलले गरेको उनको भनाइ छ।

    उनले आफ्नो मौनताको गलत फाइदा उठाउँदै झुटो आरोप लगाएको बताइन्। ‘मेराबारे जे बाहिर आएको छ यो सबै झुटो हो। चरित्रहत्या गरेका छन्। तर, पनि यस्ता चुनौतीका बीचमा काम गरेको छु’, उनले भनिन्, ‘भ्रष्टाचारविरुद्ध लगाएको लाञ्छना पुष्टि गर्न चुनौती दिन्छु।’

    सदस्य पौडेलले भने अध्यक्ष पराजुलीले आयोगमा भ्रष्टाचारको रोग लिएर आएको आरोप लगाइन्। ‘भ्रष्टाचारको रोगको कारण महिला आयोगमाथि प्रश्न उठेको छ’, उनी भन्छिन्, ‘संकल्प नेपाल भन्ने संस्थाबाट ज्येष्ठ नागरिक भवन बनाउने कुरामा अनियमितता भेटेपछि पत्रिकाले लेखेको छ। लेखेको कुरा मैले सेयर गरेँ। यसमा मेरो के दोष ? यस विषयमा बाहिर हामीमाथि पनि प्रश्न गर्छन्।’ ‘म नै आयोग, आयोग नै म भन्ने भनेपछि कसरी चल्छ ?’ पौडेलले थपिन्। यो समाचार आजको अन्नपूर्ण पाेष्ट दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend