logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • एसईईमा ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

    एसईईमा ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

    7K
    Shares
    एसईईमा ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

     

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा आउदो भदौको ११ र १२ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले उक्त परीक्षा मिति तय गरेको सूचना जारी गरेको छ । एसईईमा कमजोर ग्रेड ल्याएका र ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीले उक्त परीक्षा दिन सक्नेछन् । परीक्षामा भाग लिनका लागि यही भदौ ५ गतेसम्म परीक्षा आवेदन फारम भर्नुपर्नेछ । कुनै विषयमा ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका परीक्षार्थीले चाहेको दुईवटा विषयमा ग्रेडवृद्धिका लागि पुरक परीक्षा दिन पाउने जनाइएको छ । दुई विषयसम्ममा अनुपस्थित रहेका विद्यार्थीले पनि उक्त परीक्षा दिन पाउनेछन् ।

    बोर्डले उक्त परीक्षका लागि रु ५०० शुल्क तोकेको छ । सम्बन्धित विद्यालयबाटै फाराम भर्न सकिने छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend