logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनलाई पुनः कोरोना सङ्क्रमण

    अमेरिकी राष्ट्रपति बाइडेनलाई पुनः कोरोना सङ्क्रमण

    6.4K
    Shares
    अमेरिकी राष्ट्रपति बाइडेनलाई पुनः कोरोना सङ्क्रमण

    एजेन्सी । राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् ।

     

    तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरले बताएका छन् । उनासी वर्षीय सङ्क्रमित राष्ट्रपति पुनः एकान्तबासमा फर्केका छन् । उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुईपटक वुष्टर डोज लिएका थिए ।

    सङ्क्रमणमुक्त नभएसम्म उनी एकान्तबासमा नै रहने चिकित्सका कनरले बताएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिकाअनुसार उनले कम्तीमा पाँच दिन एक्लै बस्नुपर्नेछ । राष्ट्रपति भवनको एउटा कोठामा उनी एक्लै बस्नेछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend