logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना सङ्क्रमणमा परेका अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाई

    कोरोना सङ्क्रमणमा परेका अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाई

    6.9K
    Shares
    कोरोना सङ्क्रमणमा परेका अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाई

    वासिङ्टन/रासस । छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनलाई नौ दिनपछि लगत्तै दोस्रो पटक कोभिड सङ्क्रमण देखा परेको चिकित्सकले पुष्टि गरेका थिए । त्यसलगत्तै उहाँ आइसोलेसनमा बसेका छन् ।

    जुलाई २१ मा कोरोना भाइरस सङ्क्रमण भएका उहाँ आइसोलेसनबाट निस्किएलगत्तै पुनः आइतबार उनि सङ्क्रमणमा परेका थिए । दिनमात्र अघि आइसोलेसनबाट निस्किएका उनलाई शनिबार परीक्षण गर्दा पुनः कोरोना भाइरस पोजेटिभ देखिएको ह्वाइट हाउसका चिकित्सक डा केभिन ओ कनरले जानकारी दिए ।

    डा कनरका अनुसार राष्ट्रपति बाइडेनलाई पुनः आइसोलसनमा बसेका छन् । तर उनको स्वास्थ्य अवस्था राम्रो रहेको डा कनरले बताएका छन् । उनले एक सूचनामा राष्ट्रपति बाइडेन पुनः आइसोलेसनमा बस्नुभएको छ र उनले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गने भएको छ । उनान्असी वर्षीय राष्ट्रपति बाइडेनले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको तर कुनै पनि लक्षण नदेखिएको बताएका छन् । उनले ट्वीट गर्दै आफू स्वस्थ रहेको तर अरुलाई कसैलाई असर नगरोस भनेर आफू जनस्वास्थ्यका मापदण्डहरु अपनाएर आइसोलेसनमा बसेको बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend