logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन

    सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन

    7.6K
    Shares
    सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन

    काठमाडौं । आफ्ना माग निजामती सेवा ऐनमा सम्बोधन गर्न माग गर्दै सिंहदरबारमा कर्मचारीहरुले प्रदर्शन गरेका छन् । सोमबार बिहान उनीहरुले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् ।

    संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था निजामति सेवा ऐनमा राख्नुपर्ने उनीहरुको माग छ । साथै शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तरतहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने उनीहरूको भनाइ छ । सेवा सुरक्षा, पेशागत हित र वृत्ति विकासका मुद्दा अघि सारेर सरकारको ध्यानाकर्षण गर्न बाध्य भएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend