logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • महंगी र भ्रष्टाचारबिरुद्ध नेकपा एमालेको बिरोध प्रदर्शन

    महंगी र भ्रष्टाचारबिरुद्ध नेकपा एमालेको बिरोध प्रदर्शन

    6.1K
    Shares
    महंगी र भ्रष्टाचारबिरुद्ध नेकपा एमालेको बिरोध प्रदर्शन

     

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध बिरोध प्रदर्शन गरेको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज एमालेले बिरोध प्रदर्शन गरेको हो ।

    जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन हुनेछ । जन प्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रिय विभागको सहभागिता छ । प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न ब्यानर, ग्याँस सिलिण्डर बोकेर बिरोध जनाएका छन् । प्रदर्शनकारीहरुले परमादेशी सरकार मुर्दावाद, परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर् लगायतका नारा लगाएका थिए । वर्तमान सरकारले भ्रष्टाचार र बेथिति बढेको भन्दै भ्रष्टाचारबिरुद्ध बिरोध गरेको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend