जनकपुरधाम । सर्लाहीमा एक जनाको शव फेला परेको छ । जिल्लाको हरिपूर्वा नगरपालिकामा हत्या गरिएको अवस्थामा एक युवकको शव शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको हो ।
हरिपूर्वा नगरपालिका– ३ धनकौल निवासी १९ बर्षीय सुशीलकुमार यादवको शव गाउँकै राष्ट्रिय आधारभूत विद्यालयको पुरानो शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।
उनको शरीरमा धारिलो हतियारका निलडाम देखिएको छ । शव पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाइएको डीएसपी यादवले बताए ।