logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनार्दनलाई दोहोर्‍याएर अर्थमन्त्री बनाउनु लाजमर्दो, गोरु पनि लजायो होलाः अध्यक्ष ओली

    जनार्दनलाई दोहोर्‍याएर अर्थमन्त्री बनाउनु लाजमर्दो, गोरु पनि लजायो होलाः अध्यक्ष ओली

    5.6K
    Shares
    जनार्दनलाई दोहोर्‍याएर अर्थमन्त्री बनाउनु लाजमर्दो, गोरु पनि लजायो होलाः अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई लाजमर्दो भएको बताएका छन् । उनले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पण्ी गरेका हुन् ।

    अध्यक्ष ओलीले शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरे । ‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला, गोरु पनि लजायो होला’ ओलीले भने । उनले गठबन्धनसँग अर्थमन्त्री बनाउने अर्को मान्छे पनि नभएको बताए । ‘यति निर्लज्ज तरिका हुन्छ ? फेरि उही मान्छे, यो गठबन्धनसँग अर्को मान्छे नै रहनेछ, कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले, हामीसँग बहुमत छ, लाजशरम किन मान्ने ? लोकलाज किन मान्ने ? कांग्रेसको भनाइ हो’ ओलीले भने ।

    बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागी गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो । त्यसपछि शर्माले राजीनामा दिएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend