logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • काँग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्छः ओली

    काँग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्छः ओली

    6.6K
    Shares
    काँग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्छः ओली

     

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरी अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन् । ‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै ओलीले शर्मालाई फेरी अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत बताए ।

    तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भिषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गरे । भ्रष्टचारको केशमा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरी बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरु कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकीर समेत गरे ।

    उनले भने, ‘मैले उहिले पनि भनेको थिए–गोरु नांगो देख्दा मलाई लाज लाग्दैन भनेर । तर यस पल्ट त गोरु पनि लजाउने काम सरकारले ग¥यो । गोरु आफै लजाउने । भ्रष्टचारको केश लाग्या छ, छानवीन समिति आफ्नै बहुमत राखेर बनाएको छ । छानवीन गर्न दिएकै छैन । छानवीन भएकै छैन । कल डिटेल्स हटाएको छ । अनि सिसीटिभी फुटेज मेटाइएको छ । रिभाईभ गर्दा देखिदैन, बुझिदैन । अनि सफाई पायो । कहाँबाट पायो सफाई ? कल डिटेल्स समेत लिन नदिएर, कल डिटेल लिन नमानेर गठबन्धनवालाहरु । अनि फेरी अचम्मत के भने–लाजसरम नमानी, नेपाली जनतालाई कति साह्रो हेपेको । नेपाली जनताको विवेक, नेपाली जनताको नैतिक धरातलमाथि कत्रो हमला ? गोरु लजाउन्न क्यारे । तर गोरु पनि लजायो । यति निर्लज्ज तरिकाले हुन्छ ? फेरी उही मान्छे, भनेपछि यो गठबन्धनसँग अरु मान्छैनै रहेनछ । कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले । हामीसँग बहुमत छ, जे गरेपनि हुन्छ । लाजसरम किन मान्ने, कसैलाई किन टेर्ने ? लोकलाज किन मान्ने ? काँग्रेसको भनाई । फुटेज किन देखाउने ? कल डिटेल किन हेर्ने ।’

    अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै काँग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्ने दोहो¥याए । उनले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वान समेत गरे । दुष्टहरुले चुनावी तालमेलको कुरा गरिरहेको भन्दै अध्यक्ष ओलीले आफूहरु भने पार्टी एकतानै गरेर अघि बढनुपर्ने प्रस्ताव गरे । देश र जनताको विरुद्धमा नगएकाहरुबीच एकतावद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने उनको भनाई थियो । ‘अघि सिपीजीले भन्नु भयो नि–देशको सबैभन्दा ठूलो पार्टी, झण्डै दुई तिहाईको पार्टी थियो । उसलाई फुटाएर, त्यसलाई कमजोर पारेर, अदालतमा मुद्धा हालेर परमादेशबाट सरकार गिराएर दक्षिणपन्थी सरकार बनाउने, कम्युनिष्ट पार्टी सिध्याउन, बामपन्थी पार्टी सिध्याउनका लागि गठजोड गर्ने । अनि एमाले प्रमुख पार्टी छ, त्यस ठाउँमा काँग्रेसलाई पु¥याउनु पर्छ भनेर प्रमुख पार्टी काँग्रेसलाई बनाउन लाग्ने अनि बामपन्थी छु भन्ने ।

    त्यही भएर अस्ती मैले केही दिन अगाडि बोल्दाखेरी भनेको थिए–बामपन्थी कोही छौं भने कम्युनिष्ट पार्टी सिध्याउने दुष्ट उद्देश्य एकदम सही भन्नु भयो सिपीजीले । दुष्ट उद्देश्य बोकेर दक्षिणपन्थी सरकार टिकाउने र अझ काँग्रेसलाई प्रमुख पार्टी बनाईदिने भन्ने अनि कम्युनिष्ट हुने तिनीहरु । बामपन्थी हुने तिनीहरु । लाजसरम छैन ? गोरु मात्रै होईन, अरु जनावर पनि लजाउछन यस्ता कुराले । अनि बामपन्थी, लोकतान्त्रिक शक्तिहरुको एकता रे । ज्ञानेन्द्र शाहसँग यिनीहरु मिलेको भए बामपन्थी, लोकतान्त्रिक र देशभक्त भनेर पनि जोड्थे । जोडी हाल्थे । आफूसँग भएन भने दक्षिणपन्थी आदिइत्यादि बन्छ । अहिले काँग्रेस बडो लोकतान्त्रिक, बडो क्रान्तिकारी भएको छ ।

    मैले एउटा हाजिरीजवाफ जस्तो पुष्पकमल दाहालको अन्तरवार्ता हेरेको थिए, फलानो नेता यस्तो, फलानो नेता त्यस्तो भनेको । सबैलाई अलिअलि आलोचना, निन्दा गरेको थिए । गठबन्धनका नेताहरुलाई पनि माधव नेपाल कस्तो, अराजनीतिक प्राविधिक । झलनाथ कस्तो कुरा गर्नै अल्छी । शेरबहादुर कस्तो? अत्यन्तै व्यवहार कुशल, यस्तो त मान्छे नै भेटिदैन भने । यो प्रचण्डको हाजिरी जवाफ । तपाईहरु पनि यूटुवहरुमा गएर हेर्न सक्नुहुन्छ । यस स्थितिलाई नेपाली जनताले तोडनु पर्दछ । यो गठबन्धन जस्ता दुष्ट आशय बोकेको त छैनन् । अरु दलहरु । दुष्ट आशय नबोकेको हुनाले दुष्ट आशय बोकेकाहरुसँग हामी पार्टी एकता गर्न सक्दैन । दुष्ट आशय नबोकेका साथीहरु ए बाबा, यही ठूलै भाडामा पकाएको ढिँडो खाउन । फेरी यत्रो भाडो के गुजुगुजु पकाइरहनु प¥यो । म आह्वान गर्छ, आग्रह गर्छु साथीहरुलाई–आउनुहोस् सँगै मिलेर काम गरौं । यत्रो चुनौति प्रतिक्रियावादीहरुले दिईराखेका छन । अनि के हामीलाई उनीहरुको जस्तै चुनावी तालमेल गरेर, चुनावी तालमेल मात्रै गर्ने हो र हामी । सिपीजी र म एउटा आन्दोलनबाट आएका । एक अर्कालाई बहुत राम्रो चिन्दछौं । जुँगाका रेखी बस्दादेखि नै चिनेको ।

    हामी एउटै आन्दोलनबाट पनि आएको । अलग बस्नुपर्ने कारणनै छैन । हामी कोही पनि देशका विरुद्ध छैनौं । जनताका विरुद्ध छैनौं । प्रगतिका विरुद्ध छैनौं । सुशासनका विरुद्ध छैनौं । विकासका विरुद्ध छैनौं । एकताका आधार यिनै हुन । अरु साना केके जाति निकालेर नि केही नगरौं, एकतावद्ध भएर अघि बढौं । म गठबन्धन छोडेर आए, गठबन्धन बेठिक हो भनेर त्यसलाई परित्याग गरेर आएभने उनीहरुको बारेमा पनि विचार गर्न सकिएला । गठबन्धनमा बसेर, दृष्ट उद्देश्य राखेर अनि अस्ती त पाँच भाई भेला भएछन । जो एमालेमा हुँदा दुःख दिने थिए नि । पाँच भाई पार्टी फुटाउनेहरु जम्मा भएछन । अनि, के पो बनाउने भने समाजवादी केन्द्र । अनि समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे । यी समाजवादी । यी जनविरोधी, यी देशद्रोही, यी एमसीसी, यी एसपीपी । यिनीहरु समाजवादी । अव यस गठबन्धनलाई जनताले जवाफ दिनु पर्दछ । निर्वाचन आउँदैछ । आगामी निर्वाचनमा नेपाली जनताले आफ्नो सचेतनता देखाउनु पर्दछ । त्यसका लागि आग्रह गर्न चाहन्छु । ’

    अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली जनताले आगामी निर्वाचनमा सचेतनतापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वास समेत व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend