logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गठबन्धनमा आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाड गर्नुपर्छः नेता पाण्डे

    गठबन्धनमा आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाड गर्नुपर्छः नेता पाण्डे

    3.3K
    Shares
    गठबन्धनमा आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाड गर्नुपर्छः नेता पाण्डे

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले गठबन्धनमा आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाड गर्नुपर्ने बताएका छन् । मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।

    उनले स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा कतै काँग्रेसको भन्दा समाजवादी र कतै माओवादीको पल्लाभारी भएर मिश्रित नतिजा आएकाले सिट बाँडफाँडमा समस्या नहुने बताए । नेता पाण्डेले स्थानीय तहको निर्वाचनमा समाजवादीको हैसियत छैन भनेर काँग्रेस र माओवादीले सिट दिन हिच्किचाए पनि आगामी निर्वाचनको लागि हैसियत बनाएको बताए । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालको भुमिका र स्थानीय तहमा समाजवादीले ल्याएको मतको आधारलाई हेरेर आगामी निर्वाचनमा सिट बाँडफाँड हुने दाबी गरे ।

    उनले भने,‘ स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा कतै काँग्रेसको भन्दा समाजवादी र कतै माओवादीको पल्लाभारी भएको मिश्रित नतिजा देखिएको छ । त्यसैले संघीय तथा प्रदेशको निर्वाचनमा गठबन्धनले खुला र ठूलो मन गर्नुपर्छ । अब आउने निर्वाचनको उम्मेद्वारी छनोटमा समस्या पर्ला जस्तो लाग्दैन । त्यो सम्मानजनक नै हुन्छ । अहिले मतले पनि देखाएको छ । स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादी सिट दिन हिचकिचाउनु भएको थियो हैसियत के छ भनेर अहिले हैसियत के देखियो भन्दा ९ लाख भोट समाजवादीको पक्षमा देखियो ।

    गठबन्धन भएको पोखरा, हेटौंडा समेत जित्न सफल भयो । आगामी निर्वाचनमा सबैको मूल्याङ्कन हुन्छ । गठबन्धनमा छलफल गरेर सिट बाँडफाडमा सम्मानजनक रुपमा ध्यान पु¥याउने विश्वास छ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्न माधव नेपाल नभएको भए हुनसक्ने थिएनन् । त्यो पनि एउटा आधार हो । त्यसरी स्थानीय तहमा ल्याएको मतको आधारलाई हेरेर पनि आगामी निर्वाचनमा सिट बाँडफाँड हुन्छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend